न्युयोर्क : कोरोना भाइरसको संकटबाट जुधिरहेका सारा विश्वका लागि खुसीको खबर आएको छ, अमेरिकाबाट । अमेरिकाको अक्सफोर्ड विश्वविद्यालयद्वारा निर्माण गरिँदै आएको कोरोना भाइरसविरुद्धको खोप अरु खोपभन्दा निकै प्रभावकारी रहेको पाइएको छ ।
अक्सफोर्ड विश्वविद्यालयबाट निर्माण गरिएको खोपको परीक्षणमा केही सकारात्मक प्रभाव पाइएको जनाइएको छ । परीक्षणमा युवाका लागि मात्र नभई वृद्धवृद्धाका लागि पनि प्रभावकारी देखिएको छ । खोपले जेष्ठ नागरिकको इम्युन सिष्टमलाई पनि मजबुद पार्ने देखिएको छ । जसले कोरोनाविरुद्धको लडाईंमा कारगार सावित हुने विश्वास गरिएको छ ।
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनले यो खोपको विकास गरिरहेका छन् । जसको पछिल्लो परीक्षण जेष्ठ नागरिकमा गरिएको थियो । जुन खोप जेष्ठ नागरिकको इम्युनिटी बढाउन सहायकसिद्ध देखिएको थियो ।
‘यो हाम्रा लागि निकै शुभ संकेत हो । यसले युवाका साथै जेष्ठ नागरिकको इम्युनिटी पावर समान किसिमले बढाउने देखिएको छ । जेष्ठ नागरिकको प्रतिरक्षा क्षमता कम भएकै कारण कोरोना भाइरसको खतरा अधिक रहेको पाइएको छ । तर, हाम्रो परीक्षण सफल भएको छ । यसले आशाको सञ्चार गरेको छ’, एस्ट्राजेनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
गत डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसबाट संसारभर लाखौं मानिसले ज्यान गुमाइसकेका छन् । भाइरसलाई मात दिनका लागि संसारका विभिन्न देशमा खोप निर्माणको काम भइरहेको छ । यस्तोमा अक्सफोर्ड÷एस्ट्राजेनको खोप इजाजत पाउने अभियानमा लागेको छ ।
अहिलेसम्म परीक्षण भएका अन्य खोपले जेष्ठ नागरिकको इम्युन पावर बढाउन सकेको थिएन । इम्युन पावर कमजोर भएकै कारण कोरोना आक्रमणमा पर्दै आएका छन् । यस्तोमा अक्सफोर्डको खोपले आशाको किरण भने जगाउने काम गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार एवं कोरोना विशेषज्ञ एन्थोनी फाउचीले पनि नोभेम्बर अन्तिमसम्म कोरोना भाइरसविरुद्धको खोप तयार हुने दावी गरेका छन् । उनले यही खोपलाई आधार मानेर सो कुरा बताएका हुन् ।
Previous Article

नेपालमाला
