न्युयोर्क : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार एवं कोरोना विशेषज्ञ एन्थोनी फाउचीले नोभेम्बर अन्तिमसम्म कोरोना भाइरसविरुद्धको खोप तयार हुने दावी गरेका छन् । यसैगरी बेलायतको नेसनल हेल्थ सर्भिस ट्रष्टका प्रमुखले पनि डिसेम्बरको सुरुवातमा कोरोनाविरुद्धको खोप तयार हुने बताएका छन् ।
एन्थोनीका अनुसार शतप्रतिशत सुरक्षित र प्रभावकारी खोप नोभेम्बरको अन्तिमसम्म तयार हुनेछ । अमेरिकाले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनलाई खोप तयार गर्नका लागि आर्थिक सहयोग समेत गरेको छ । यो रकमबाट ४० करोड डोज खोप तयार पारिने जनाइएको छ ।
यसैगरी बेलायतले उत्पादित खोप पहिलो चरणमा स्वास्थ्यकर्मीलाई दिने योजना बनाएको छ । क्रिसमस अघि नै स्वास्थ्यकर्मीलाई कोरोना खोप दिने तयारीमा बेलायत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
राष्ट्रपतिका सल्लाहकार एन्थोनीले नोभेम्बरको अन्तिम र डिसेम्बरको सुरुवातमा कोरोना खोपको प्रभावकारिता पत्ता लाग्ने बताए । उनले अहिले विभिन्न राष्ट्रमा निर्माण भइरहेका खोपको सुरक्षितता र प्रभावकारिता छिट्टै पत्ता लाग्ने घोषणा गरेका हुन् । ‘खोप सुरक्षित र प्रभावकारी भएको पुष्टि हुनासाथ हामी कोरोना प्रभावितलाई खोप उपलब्ध गराउन लाग्ने छौं’ एन्थोनीले भने । उनका अनुसार दु्रत गतिमा यो खोप संसारभर वितरण गरिने छ ।
डिसेम्बरमा खोप तयार भए पनि तत्कालै सबै प्रभावित व्यक्तिसम्म पु¥याउन भने केही समय लाग्ने एन्थोनीले बताए । उनले अमेरिकी नागरिकले पनि सन् २०२१ को केही महिनासम्म खोपका लागि प्रतिक्षा गर्नुपर्ने बताए ।
Previous Article
कोरोना कहर : संक्रमितको संख्या ४ करोड ३७ लाख नाघ्यो
Next Article

नेपालमाला
