दुबई : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार एकै दिन तीन सुपर ओभर भएको छ । आइतबार भएका दुई खेलमा तीन सुपर ओभर भएका हुन् । युएईमा जारी १३ औं संस्करणको आईपीएलमा यो पाँचौं सुपर ओभर हो ।
आइतबार साँझ भएको पहिलो खेलमा कोलकाता नाइटराइडर्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमै पराजित ग¥यो ।
आबुधावीमा कोलकाताले दिएको एक सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६३ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा कोलकत्ताका लक्की फर्गुसनले २ विकेट लिएपछि हैदराबादले मात्र दुई रन जोड्यो । तीन रनको लक्ष्य कोलकत्ताले विकेट नगुमाई चौंथो बलमा पुरा ग¥यो ।

यसैगरी अर्को खेलमा किङ्स इलाभेन पन्जाबले साविक विजेता मुम्बई इन्डियन्सलाई पनि डबल सुपर ओभरमा पराजित ग¥यो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बईले दिएको एक सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।सुपर ओभरमा सुरुवातमा ब्याटिङ गरेको पन्जाबले २ विकेट गुमाएर ५ रन जोड्यो । जवाफमा मुम्बईले पनि १ विकेट गुमाएर ५ रन बनाएपछि खेल पुनस् बराबरीमा सकियो ।
त्यसपछि फेरी अर्को सुपर ओभरको खेल भएको थियो । जसमा मुम्बईले १ विकेट गुमाएर ११ रन बनायो । १२ रनको लक्ष्य पन्जाबले बिना विकेटको क्षतिमा ५ बलमा १५ रन जोड्दै जित निकाल्यो ।

नेपालमाला
