काठमाडौं : पछिल्लो २४ घण्टामा २२ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार २२ सय ५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
२२ हजार २१९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १० हजार ३२६ जना रहेका छन् भने होम आइसोलेसनमा ११ हजार ८९३ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार २०३ जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ७८४ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार १३ सय २९ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

नेपालमाला
