काठमाडौं : पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
संक्रमितको कुल संख्या ४५ हजार २७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। गौतमका अनुसार २४ घण्टामा ३४९ महिला र ६९२ पुरुष गरेर १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टामा १५ सय ६६ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २७ हजार १२७ पुगेको छ। यो कुल संक्रमितको ६० प्रतिशत हो।

नेपालमाला
