काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ४०८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। शुक्रबार मात्रै काठमाडौंमा ४५४ जनामा संक्रमण देखिएको थियो।

काठमाडौंका ३२६ जना, भक्तपुरका ४५ जना र ललितपुरका ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४५ हजार २७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। शुक्रबार मात्रै १२ सय २८ जनामा संक्रमण देखिएको थियो।

पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। हालसम्म देशभर कोरोनाका कारण २८० को मृत्यु भएको छ। यो ६० प्रतिशत हो। आज देशभर कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट २८० जनाको मृत्यु भएको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments