काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना परीक्षणको दायरा बढाउन सरकारसँग माग गरेको छ । उदयपुरपछि बाँकेमा ठूलो संख्यामा संक्रमित भेटिएपछि कांग्रेसले परीक्षणलाई थप व्यापक बनाउनुपर्नेमा जोड दिएको हो ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई फोन गरी कोरोना संक्रमित क्षेत्रमा उच्च सतर्कता अपनाउनसमेत सरकारको ध्यानाकर्षण गराएका थिए । उनले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउन र आवश्यक स्वास्थ्य सामग्रीकोे यथेष्ठ व्यवस्थाका साथै विशेषज्ञसहितको थप मेडिकल टोली परिचालन गर्नुपर्नेमा जोड दिएका थिए । संक्रमित व्यक्तिहरु अन्य व्यक्तिसँग सम्पर्कमा पुगेको हुनसक्ने भएकाले ती व्यक्तिहरुको तत्काल खोजी गरी परिक्षण गर्नुपर्ने र थप संक्रमण फैलन नदिन सावधानी अपनाउनुपर्नेमा जोड दिएका थिए ।
प्रमुख सचेतक खाणले रुपन्देही जिल्लाको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिका–१ का भारतबाट आएका एक युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएकाले उनको सम्पर्कमा रहेका सबैको पहिचान गरी कोरोना परीक्षण गर्न स्वास्थ्यमन्त्रीसँग आग्रह गरेका थिए । विभिन्न ठाउँमा स्वास्थ्य सामग्रीहरुको अभाव रहेको जानकारी गराउँदै उनले तत्काल आवश्यक सामग्रीहरु व्यवस्थाका लागिसमेत सरकारको ध्यानाकर्षण गराएका थिए ।
Previous Article
तारे होटल छ महिना बन्द गरिने
Next Article

नेपालमाला
