काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५७ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा बुधबार थप तीन जनामा पोजिटिभ देखिएको हो।
उनीहरुको वीरगन्जबाट स्वाब संकलन गरी टेकुमा पठाइएको थियो। बाराका दुई र पर्साका एक जनामा पोजिटिभ देखिएको हो। उनका अनुसार ५०, ४६ र ३१ वर्षका तीन जना पुरुषमा देखिएको हो।
मंगलबार पनि रौतहटका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा रौतहटका दुई पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
संक्रमित दुवैजना रौतहटको बृन्दाबन र देवाही गोनाही नगरपालिकाका हुन्। संक्रमित वृन्दावन नगरपालिका-९ भुषाहटोलका २५ वर्षीय युवक र देवाही गोनाही १ करुनिया टोलका ३५ वर्षीय पुरुषमा रहेको मन्त्रालयले जनाएको छ।
अहिलेसम्म संक्रमितमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन्।

नेपालमाला
