काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरिएको छ। बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरिएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका नि. कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले जानकारी दिए।
उनी केही दिन अस्पतालमा नै रहने भएका छन्। गुरुङका अनुसार शल्यक्रिया पछि पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ। जारी विज्ञप्तिमा भनिएको छ,‘मिति २०८१/०८/१९ गते सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू यस त्रि.वि. शिक्षण अस्पताल, महाराजगंजमा प्रोस्टेटसम्बन्धी शल्यक्रिया भएकोमा हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको ब्यहोरा सम्बन्धित सबै जानकारी गराउँदछु । साथै अस्पतालमै रही स्वास्थ्यलाभको लागि केही दिन रहनु हुने ब्यहोरा समेत जानकारी गराउँदछु।’