काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ निार्वाचित भएका छन् । उनले ११५५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८०६ मत ल्याएकी थिइन् । बानियाँले ३४९ मतले विजयी भएका हुन् ।
अघिल्लो निर्वाचनमा बानियाँ पविताका श्रीमान् श्याम अधिकारीसँग पराजित भएका थिए । उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार बद्री बुढाथोकीले ४६०, माओवादीका नारायण विष्टले ३८१ मत ल्याएका थिए ।
यसअघि वडा नम्बर १ मा पनि नेपाली कांग्रेसका इच्छा महर्जन विजयी भइसकेका छन् । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार कांग्रेस उम्मेदवार इच्छा महर्जन ५६२ मतसहित विजयी भएका हुन् ।
नेकपा एमालेका हर्ष महर्जनले ४९८ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार सरल गोपाल महर्जनले १७३ मत प्राप्त गरेका थिए । ०७९ को निर्वाचनमा नेपाली कांग्रेसका हिरालाल महर्जन ७ सय ७८ मतसहित विजयी भएका थिए । नगर प्रमुखमा पनि कांग्रेसकै कृष्णमान डंगोलले अग्रता बनाइरहेका छन् ।
Previous Article