काठमाडौं : बलिउड अभिनेत्री अनुष्का शर्माको गर्भावस्थाको बारेमा पहिल्यैदेखि समाचार आउन थालेको थियो । लगभग यो पुष्टि भएको छ । दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्सले शनिबार आफ्नो लाइभ कुराकानीमा अनुष्का दोस्रो सन्तानकी आमा बन्न लागेको बताएका छन् । ती क्रिकेटरले आफ्ना फ्यानसँगको विशेष कुराकानीमा यो कुरा भनेपछि विराट कोहली र अनुष्का शर्माका फ्यानहरू खुसीले उफ्रिरहेका छन् ।
शनिबार भारत र इङ्ल्यान्डबीच भएको ५ म्याचको श्रृंखलाबारे बुझ्न आफूले विराट कोहलीलाई फोन गरेको डिभिलियर्सले जनाए । सो क्रममा उनले कोहली ठीकठाक रहेको, परिवारसँग समय बिताउँदै बसेको तथा कोहली दम्पती दोस्रो सन्तानको पर्खाइमा रहेको बताएका थिए ।प्रशंसकलाई उनले यस्तो बताएपछि यो खबर अहिले भाइरल बनिरहेको छ ।
एबी डिभिलियर्सले परिवारलाई प्राथमिकतामा राख्ने विराट कोहलीको कदमको प्रशंसा गरे । विराट कोहलीले व्यक्तिगत कारण देखाउँदै इंग्ल्यान्डविरुद्धको शृंखलाको पहिलो दुई टेस्टबाट पछि हटेका छन् र बीसीसीआईले एक विज्ञप्तिमा फ्यान र मिडियालाई कोहलीको निर्णयको कारणको बारेमा अनुमान नगर्न आग्रह गरेको छ ।
एबी डिभिलियर्सले लाइभ च्याटमा भने, ‘मलाई थाहा छ उहाँ ठीक हुनुहुन्छ । उनले आफ्नो परिवारसँग केही समय बिताइरहेका छन्, जसका कारण उनले पहिलो दुई टेष्ट खेल खेलिरहेका छैनन् ।’
उनले अघि भने, ‘उनी ठीक छन्, राम्रो गरिरहेका छन् । हो, उनीहरु दोस्रो बच्चाको प्रतीक्षामा छन् । यो पारिवारिक समय हो र यो समय उनीहरुका लागि महत्वपूर्ण छ । यसका लागि तपाई विराटलाई न्याय गर्न सक्नुहुन्न । हो, हामी उनलाई मिस गर्छौं । तर उहाँले एकदम सही निर्णय गर्नुभयो ।’
विराट र अनुष्काले सन् २०१७ मा विवाह गरेका थिए । स्टार दम्पतीले यसै वर्ष जनवरीमा छोरी वामिकाको तेस्रो जन्मदिन मनाएका थिए । कोहलीले सन् २०२१ मा पनि परिवारलाई प्राथमिकता दिए । पहिलो बच्चा जन्मँदा पत्नीसँग ४ टेस्टको शृंखला पछि उनी घर फर्केका थिए । यसपटक पनि उनले यस्तै केही गर्ने सोच बनाएको देखिन्छ ।