काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।
नयाँ तोकिएको मूल्य आज राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जानकारी दिएको छ ।
अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलकाे मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।