काठमाडौं : ‘टोरोन्टोको आकाशमा नेपालीको आवाज’ भन्दै नेपाल चिनाउने हुटहुटी बोकेर क्यानडाको टोरोन्टोमा स्थापित नमस्ते रेडियो टोरोन्टोले १८ वर्ष पूरा गरेको छ। नमस्ते रेडियो टोरोन्टो एनआरएन क्यानडाका पूर्व अध्यक्ष, समाजसेवी एवं सफल ब्यवसायी अनिल थापाको तत्परता र लगनशीलतामा सन् २००५ को अगस्ट ०६ बाट सञ्चालनमा आएको हो।
सञ्चालनको सुरुको अवधिमा सीएमआरको १०१.३ फ्रिक्वेन्सीमा प्रत्येक आइतबार बिहान ९ देखि १० बजेसम्म दैनिक एक घन्टा सञ्चालमा आएको थियो भने त्यसको तीन वर्षपछि पूर्व समय तालिकामा फेरबदल भएर हाल निरन्तर रुपमा साताको प्रत्येक शनिबार बिहान ७ः३० देखि ८ः०० बजेसम्म नेपाली कार्यक्रम सञ्चालन भइरहेको छ।

स्थापनाकालदेखि हालसम्म अनवरत रुपमा कार्यक्रम निर्माण, सञ्चालन र निर्देशन गर्दै आएका रेडियोका संस्थापक अनिल थापालाई अठार वर्ष लामो यात्रामा डा. गोविन्दसिंह रावत, सपना ढुंगाना, स्वयम पोख्रेल, सञ्जीव शर्मा, अनिल ओझा, सृष्टि रावत, यूअफटीका डा. योगेन्द्र शाक्य, डा. सबिन निग्लेखु, शम्भु धमला, मनोज पोख्रेल, अचिन गीरी उर्फ हाम्रो परिवार, सुजन मास्के, आस्था तामाङ मास्के, चन्दा श्रेष्ठ, केदार बस्नेत, रोशन बस्नेत, लेखनाथ सिवाकोटी, सञ्जीव रिजाल, आशुतोष उपाध्याय, पूर्ण पौडेल, आशा रजक, जयराम गौतम, कमला सापकोटा, प्रीति भट्ट, दिनेशसिंह मल्ल, कुन्दन घिमिरे, प्रधुमन रेग्मी, डा. विनोद बराल र पछिल्लो समयमा मदन बस्नेतलगायतका अरु धेरैले सघाउँदै आएका छन्।
रेडियो कार्यक्रम सञ्चालन नगरे पनि दृश्य पछाडि रहेर ढुंढी पाण्डे, सागर पोख्रेललगायत अन्य धेरै ब्यक्तित्वहरुले रेडियोको सञ्चालन र निरन्तरतामा सघाएकोमा रेडियोका संथापक अनिल थापाले स्थापना कालदेखि हालसम्मका सबै होस्ट र कार्यक्रम सहयोगी, नेपाली समाजका अगुवा, सेवाग्राही, ब्यवसायी, बिज्ञापनदातालाई धन्यवाद ज्ञापन गर्नु भएको छ। यसैगरी उहाँले नमस्ते रेडियो टोरोन्टो लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिबद्ध रहेको र स्थापित मूल्यहरूमा इमानदारी, निष्ठा, विविधता, रचनात्मकताका साथ समाजमा सेवा पुर्याउन कटिबद्ध रहेको बताउनु भएको छ।

नेपालमाला
