काठमाडौं : १६औं गणतन्त्र दिवसका अवसरमा मेघा सिटी टोल विकास संस्थाले खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । तारकेश्वर नगरपालिका–१ को मेघा सिटी चोकमा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रम मेघा सिटी टोल विकास संस्थाकी सचिव एवं कार्यक्रम संयोजक अर्चना अधिकारी भण्डारीको विशेष पहलमा सञ्चालन गरिएको हो । रक्तदातालाई तारकेश्वर नगरपालिका–१ का वडा अध्यक्ष विदुर सापकोटा, वडा सदस्य अच्युतराज कुँवर र संस्थाका अध्यक्ष धर्मराज गुरुङले प्रमाणपत्र प्रदान गरेका थिए । गत वर्ष स्थापना भएको संस्थाले सामाजिक क्रियाकलापका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Previous Article
सन् २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य
Next Article