काठमाडौं : सोमबार देशका पाँचवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
सोमबार राति कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा आइतबार राति हावाहुरीसहित भारी वर्षा भएको थियो ।

नेपालमाला
