काठमाडौं : तेक्वान्दो खेलाडी तथा प्रशिक्षक राजन भण्डारीले चौथो डान ब्ल्याकबेल्ट परीक्षा उतीर्ण गरेका छन् । सीतापाइला तेक्वान्दो डोजाङका सहायक प्रशिक्षकसमेत रहेका भण्डारीले नेपाल तेक्वान्दो संघले सञ्चालन गरेको विशेष परीक्षामा चौथो डान ब्ल्याकबेल्ट उतीर्ण गरेका हुन् ।
नेपाल तेक्वान्दो संघले नोभेम्बर १३ मा सञ्चालन गरेको परीक्षामा राजनले चौथो डान ब्ल्याकबेल्ट उतीर्ण गरेका हुन् । विशेष परीक्षामा हेमबहादुर बस्नेतले छैटौं डान, सञ्जीव नेपाली र लालबहादुर बरामले पाँचौं डान तथा राजन भण्डारी, सन्ध्याकुमारी सिंह र राजकुमार श्रेष्ठले चौथो डानको परीक्षा दिएका थिए ।
नेपाल तेक्वान्दो संघको टेक्निकल कमिटीका प्रमुख टार्जन सुब्बा र वरिष्ठ प्रशिक्षक कविराज खड्गीले चौथो, पाँचौं र छैटौं डान ब्ल्याकबेल्टको परीक्षा लिएका थिए । परीक्षामा उतीर्ण हुन सफल परीक्षार्थीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द, महासचिव दीपराज गुरुङ, केन्द्रीय सदस्य एवं प्रवक्ता साम्राज्यविक्रम पाण्डे र केन्द्रीय सदस्य राम गिरीलगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।
Previous Article

नेपालमाला
