काठमाडौं : आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको बताएका हुन् । सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुन सक्ने आशा गरेको उनले बताए । आयोगले अनुमान गरेको भन्दा थोरै मात्र मतदान भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।
सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको उनले बताए । सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एक/एक वटा मतदान स्थलमा स्थगित भएका छन् भने बाँकी बाजुराका मतदान स्थलमा स्थगित भएका हुन् । निर्वाचनका क्रममा बाजुरामा एक जनाको मृत्यु भएको पनि प्रमुख आयुक्त थपलियाले बताए ।
निर्वाचन आयोगले भन्यो- सोचेभन्दा कम मत खस्यो
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सोचेजस्तो मत नखसेको बताएका छन्। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रारम्भिक विवरणअनुसार ६१ प्रतिशत मत खसेको बताए। जुन आयोगले सोचेभन्दा कम रहेको उनको भनाइ छ।
‘विवरण आउने क्रम अहिले पनि जारी छ। हालसम्म प्राप्त विवरणअनुसार ६१ प्रतिशत मतदान भएको देखिन्छ। सम्पूर्ण विवरण आएपछि यो केही प्रतिशत बढ्न सक्छ। तर यो हाम्रो अपेक्षाभन्दा कम हो,’ पत्रकार सम्मेलनमा उनले भने।
उनले सुर्खेत, नवलपरासी, बाजुरा र गुल्मीका १५ स्थानमा मतदान रोकिएको बताए। सामान्य विवादपछि स्थगित भएको ती स्थानहरुमा सर्वदलीय छलफलबाट पनि पुनः मतदान गर्न नसकिएको उनको भनाइ छ। ती स्थानहरुमा दुई दिनभित्रै मतदा गराउन निर्देशन दिइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।

नेपालमाला
