काठमाडौं : क्षत्री समाज नेपालले नागरिकता विधेयक खारेजीको माग गरेको छ । क्षत्री समाज नेपालले राष्ट्रघाती नागरिकता विधेयक खारेजीका लागि मंगलबार देशव्यापी विरोधका कार्यक्रम आयोजना गरेको थियो । क्षत्री समाज नेपालले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । क्षत्री समाज नेपाल काठमाडौं जिल्ला समितिले पनि मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।
काठमाडौं जिल्ला समितिका अध्यक्ष रिजन खड्का, सचिव देवदूत अधिकारी, केन्द्रीय सदस्य विष्णुबहादुर केसी, उद्धव खत्री, श्याम कार्कीलगायतले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई ज्ञापनपत्र बुझाएका थिए । नेपालले चरणबद्ध आन्दोलनअन्तर्गत पहिलो चरणमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रको सुनुवाइ नभएमा सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गरिने जनाएको छ । सरकारले ल्याएको नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि तथा राष्ट्रियसभाबाट पारित भइसकेको छ ।

नेपालमाला
