मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रभुत्वको सामना गर्न सक्ने गरी ‘महान सामुद्रिक शक्ति’ बन्न चाहेको बताएका छन् ।रुसको नौसेना दिवसको अवसरमा सेन्टपिटरर्सबर्गमा आयोजित समारोहलाई सम्बोधन गर्दै पुटिनले रुस महान सामुद्रिक शक्ति बन्न चाहेको बताएका हुन् । उनले नेटोको प्रसारका साथसाथै समुद्रमा प्रभुत्व बढाउने अमेरिकाको कोसिस रुसका लागि ठूलो खतरा भएको बताएका हुन् ।
उनले रुसको स्वतन्त्रता र सम्प्रभुतामाथि आक्रमण गर्नेहरुविरुद्ध जिरकोन हाइपरसोनिक मिसाइल सेनालाई उपलब्ध गराइने पनि बताए । बीबीसीका अनुसार ती मिसाइलले ध्वनीको गतिमा आक्रमण गर्ने क्षमता राख्छन् ।
राष्ट्रपति पुटिनले रुसको स्वतन्त्रता र सम्प्रभुतामाथि चुनौति दिन खोज्नेहरुका लागि नौसेनाको शक्ति बढाउनु महत्वपूर्ण रहेको बताए ।

नेपालमाला
