काठमाडौं : रञ्जना धामीले चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि भएको पारा तेक्वान्दो छनोट प्रतियोगितामा कांस्य पदक जितेकी छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा भएको के–४४ विधाअन्तर्गत महिला ४७ केजीमुनिको सेमिफाइनलमा काजकिस्तानकी मिलानाले रञ्जनालाई १८–१६ ले पराजित गरिन् । शीर्ष दुई स्थानमा रहने खेलाडी मात्र एसियाली पारा खेलकुदका लागि छनोट हुने प्रावधान रहेकाले रञ्जना छनोट हुन सकेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए ।
यसैगरी अर्का खेलाडी रामबहादुर अधिकारी भने पहिलो चरणमै पराजित भएका छन् । के–४४ विधाको पुरुष ५८ केजीमुनिको प्रतिस्पर्धामा रामबहादुर इराकका अब्बास हुसेनसँग ३३–३७ ले पराजित भए । पारा ओलम्पियन पलेशा गोवद्र्धन र सिर्जना घिसिङ भने विश्व वरीयताका आधारमा यसअघि नै पारा एसियाली खेलकुदका लागि छनोट भइसकेका छन् ।

Previous Article