काठमाडौं : काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा शनिबार विहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हो । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन साह लगायत उम्मेदवार रहेका छन् ।
तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए। महानगरमा सत्ता गठबन्धनको मेयर उम्मेदवार कांग्रेसकी नेतृ सिर्जना सिंह, एमालेबाट मेयरमा केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहको चर्चा छ।

नेपालमाला

