काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट हट्नुपर्छ भनेर केहीलाई चिन्ता लाग्न थालेको बताएका छन्। कांग्रेस महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘प्रतिपक्ष भनेको संसदको अंग हो। हामी सँगै लडिरहेका छौं। सरकारबाट हट्नुपर्ने होला भनेर कतिपयलाई चिन्ता होला। कांग्रेस अरुका नीतिका पछाडि होइन, अरुलाई आफ्नो नीतिको पछाडि हिँडाओस्।’
उनले देशको राजनीति, अर्थतन्त्रलाई रक्षा र सम्बर्द्धन गर्ने कांग्रेस, एमालेको काँधमा रहेको बताए। संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन राजनीतिक दलहरुको भूमिका थियो। देश विकास गर्ने महत्वपूर्ण अभिभारा राजनीतिक दलले लिएका छन्।’
देशलाई अगाडि बढाउन र सहकार्य गर्न एमाले तयार रहेको बताए। उनले भने, ‘मलाई मञ्चहरुको कमी छैन। मेरै पार्टीको कार्यक्रममा प्रशस्त बोल्न पाउँछु। कोही जन्मिँदै शासक भएर जन्मिँदैन। नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन। नेताहरु चोर हुन्छन् भन्ने कुरा आयो। त्यो झुट हो।’
# कांग्रेस महाधिवेशन