काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मूल्यवृद्धिको विरोधमा गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । सार्वजनिक सवारी साधन न्यून संख्यामा चलेका छन् । सार्वजनिक सवारी साधन कम चल्दा यात्रुहरुले सास्ती पाएका छन् । काठमाडौं उपत्यकाभित्र निजी सवारी साधन भने चलिरहेका छन् ।
बन्दका कारण काठमाडौं उपत्यकाबाहिरबाट आएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् । सरकारले काठमाडौं उपत्यकामा सुरक्षाकर्मीहरूको उपस्थिती बढाएको छ ।
सरकारले पेट्रोलियम पदार्थमा लगातार मूल्यवृृद्धि गरेपछि विभिन्न राजनीतिक दल तथा संघसंस्थाले सरकारी उक्त कदमको विरोध गर्दै आएका छन् । सत्तारुढ दलकै केही नेताहरुले समेत मूल्यवृद्धि फिर्ता लिन आग्रह गर्दै आएका छन् भने विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् ।

नेपालमाला
