काठमाडौं–विराटनगर सबै उडान रद्ध

काठमाडौं : बुद्ध र यती एअरलाइन्सले काठमाडौं–विराटनगरका सबै उडान रद्ध गरेका छन् । उडान रद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् । वर्षा र बाढीका कारण विराटनगर विमानस्थल जलमग्न छ । केसलीया खोलामा आएको बाढी पसेकाले रनवे, पार्किङ एरिया लगायतका स्थान डुबानमा परेका छन् ।

त्यसैले बुद्ध र यती एअरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्ध गरेको जानकारी दिएका छन् ।

विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले वर्षा र बाढीका कारण उडानहरु प्रभावित भएको जानकारी दिएका छन् ।

खराब मौसमका कारण मंगलबार पनि एक सय वटा आन्तरिक उडानहरु रद्ध भएका थिए ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना छ । आइतबारदेखि पश्चिम नेपालमा भारी वर्षा भएको थियो । शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments