काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाललाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई उद्धृत गर्दै एक राखेप बोर्ड सदस्यले जानकारी दिए ।
‘मन्त्रिपरिषद् बैठकले सिलवाललाई बर्खास्ती गर्नका लागि प्रक्रिया अघि बढाउन अनुमति दिएको छ’, ती बोर्ड सदस्यले भने, ‘सबै प्रक्रिया पूरा गरेर हटाउने जिम्मा युवा तथा खेलकुद मन्त्रालयलाई दिएको छ ।’ यसअघि सरकारले उनीसँग स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण चित्तबुझ्दो नभएपछि बर्खास्त गर्ने प्रक्रिया सुरु गर्न लागिएको हो ।
सिलवाल २०७६ असार २३ मा पहिलो पटक राखेप सदस्यसचिव नियुक्त भएका थिए । राष्ट्रिय खेलकुद ऐन २०७७ लागु भएसँगै उनी एक वर्षमै पदमुक्त भएका थिए । केपीशर्मा ओली नेतृत्वको सरकारले उनलाई २०७७ साउन १२ मा फेरि सदस्यसचिव नियुक्त गरेको थियो ।
Previous Article
स्वेदश फर्कियो साफ उपविजेता नेपाली टोली
Next Article

नेपालमाला
