काठमाडौं : हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ । काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ६ हजार ३५५ छ । त्यसमध्ये काठमाडौंमा मात्रै तीन हजार ५६१ जना सक्रिय संक्रमित छन् । हाल ललितपुरमा एक हजार ७६९ र भक्तपुरमा एक हजार २५ सक्रिय संक्रमित छन् ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २५६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ३८५ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर एक हजार ६६ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभर एक हजार २३४ जना कोरोनामुक्त भएका छन् । यो अवधिमा कोरोनाका कारण १६ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमाला
