काठमाडौं : कप्तान लियोनल मेसीले ह्याट्रिक पूरा गर्दा अर्जेन्टिनाले फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा सहज जित निकलेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोल अन्तरले हराएको हो । अर्जेन्टिनाको जितमा मेसीले ह्याट्रिक पूरा गरे ।
खेलमा बलियो देखिएको अर्जेन्टिनाले १४ औं मिनेटमा मेसीको गोलमा अग्रता बनाएको थियो । ६४ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।
८८ औं मिनेटमा मेसीले ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई ३–० को जित दिलाए । कतार विश्वकप छनोटको खेलमा मेसीको पहिलो ह्याट्रिक हो ।
जितसँगै अर्जेन्टिनाले ८ खेलमा १८ अंक जोडेको छ । अर्जेन्टिना छनोट तालिकाको दोस्रो स्थानमा छ । पराजित बोलोभियो ६ अंक जोडेर नवौं स्थानमा रहेको छ । आज नै भएको अर्काे खेलमा उरुग्वेले इक्वेडरलाई १–० ले हराएको छ ।

नेपालमाला
