कांग्रेस निर्वाचन समितिका संयोजकले दिए राजीनामा

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाएको उनले पुष्टि गरे ।

“मैले राजीनामा दिइसकेको छु,” संयोजक यादवले भने, “अब के हुन्छ, त्यो पार्टीले जान्ने कुरा भयो ।”

निर्वाचनले लामो समय लिएकाले आफूले राजीनामा दिएको उनको भनाइ छ । “यति धेरै समय लाग्छ भन्ने थाहा भएको भए म सुरुमै यो जिम्मेवारी लिने थिइनँ । मेरो मुख्य पेसा वकालत हो । लामो समय यता खिर्चंदा मेरो मूल पेसा छायामा परेकाले मैले राजीनामा दिएको हुँ,” उनले भने ।

कांग्रेसले भदौ १८ गते देशका छ हजार ७४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने भने पनि ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन सकिएको छ । २१ जिल्लामा अधिवेशन सुरु भएको छैन ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments