काठमाडौं : पछिल्लो २४ घन्टामा थप ३४ सय ३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा ११ हजार ८३९ नमूनाको पीसीआर परीक्षणमा २ हजार ६१३ जनामा र ४ हजार ९९९ नमूनाको एन्टिजेन परीक्षणमा ७९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै बुधबार कोरोनाबाट थप ४२ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार २१ सय ४ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ पुगेको छ।
यस्तै २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका हुन् ।

नेपालमाला
