काठमाडौं : १५ हजार ६११ नमूना परीक्षणमा ३४ सय ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा १० हजार ९३ नमूनाको पीसीआर र ५५ सय १८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो। जसमध्ये २५ सय ६६ नमूनाको पीसीआर र ८८५ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार थप ३५ जनाको कोरोनाबाट मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ। यस्तै सोमबार २४ सय ५८ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ लाख ५८ हजार ३३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ पुगेको छ। मन्त्रालयका अनुसार कोरोना संक्रमित ७९५ जनाको आइसीयूमा र १९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।


नेपालमाला
