काठमाडौं : हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २७ हजार ७५७ रहेको छ । काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या सात हजार ६१९ छ । त्यसमध्ये काठमाडौंमा मात्रै पाँच हजार ५७४ सक्रिय संक्रमित छन् । हाल ललितपुरमा एक हजार ११३ र भक्तपुरमा ९३२ सक्रिय संक्रमित छन् ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६१५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ९१० वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर तीन हजार ११४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार १९७ जना कोरोनामुक्त भएका छन् । यो अवधिमा कोरोनाका कारण १६ जनाको मृत्यु पुष्टि भएको छ ।


नेपालमाला
