बाटो बिराएका नेतालाई आममाफी

काठमाडौं : फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले भनेका छन्, ‘ बाटो बिराएका भडि्कएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड ।’

उनले अघि भनेका छन्, ‘जे सुकै भएको होस्, एम्नेष्टी । आउनुस् मिलेर काम गरौं ।’

यसैबीच नेकपा एमालेका २२ सांसदले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण दिएका छन् । उनीहरुले छुट्टाछुट्टै स्पष्टीकरण दिएका हुन् । तर संयुक्तरुपमा बुझाइएको एक सांसदले जानकारी गराए । बुधबार केन्द्रीय कमिटीको बैठकमार्फत एमालेका २२ सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण मागिएको थियो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments