काठमाडौं : पछिल्लो २४ घन्टामा थप २८ सय ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। १२ हजार ६१६ नमूना परीक्षणमा २८ सय ३८ जनामा संक्रमण देखिएको हो।
८७ सय १५ नमूनाको पीसीआर विधिबाट र ३९ सय १ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमा पीसीआरबाट १९ सय १८ र एन्टिजेनबाट ९२० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ सय ७५ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ३६ हजार ४०२ पुगेको छ।
यस्तै बुधबार कोरोनाबाट थप ३० जनाको मृत्यु भएको छ। मंगलबार कोरोनाबाट थप २१ जनाको मृत्यु भएको थियो। नेपालमा हालसम्म कोरोनाबाट ९ हजार बढीको मृत्यु भइसकेको छ।