ओलम्पिकमा जम्बो टोली लैजानु निन्दनीय : कर्मचारी संघ

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले ओलम्पिकमा जम्बो टोली लिएर जापान जानु लज्जास्पद कार्य भएको बताएको छ । संघले शुक्रबार बिज्ञप्ति जारी गर्दै पाँच खेलाडी सहभागी हुने प्रतियोगितामा २६ जनाको जम्बो टोली लिएर जापानु जानु हास्यास्पद र लज्जास्पद कार्य भएको जनाएको हो ।

संघले काम बेगर घुमफिरका लागि राज्यकोषको दुरुपयोग गरी विदेश घुमाउन लैजानु नितान्त गलत कार्य भएको उल्लेख गर्दै घटनाको भत्सर्ना गरेको छ ।

टिम म्यानेजर सम्वन्धित खेलसंघको व्यक्तिलाई चयन गर्नुपर्ने भएपनि राखेप र ओलम्पिक कमिटिका पदाधिकारीले मनपरि ढंगबाट सम्वन्धित खेलसंघ भन्दा बाहिरका ब्यक्तिलाई टिम म्यानेजर चयन गरेर जापान लैजानु निन्दनिय र धृणित कार्य भएको संघले बताएको छ ।

‘अन्तराष्ट्रिय खेल समुदायमा राष्ट्रको झण्डा बोकेर देशको प्रतिनिधित्व गर्दै सहभागि हुनु भनेको राष्ट्रको इज्जत, गौरव र प्रतिष्ठासंग जोडिएको विषय हो । तर यस्तो महत्वपूर्ण संवेदनशिल विषयमा केहि स्वार्थ व्यक्तिको स्वार्थपूर्०ा र मनोमानी कार्यले नेपालको खेलक्षेत्रलाई विगतमा बदनाम भएका धेरै उदाहरणका साथी छन् । यस्ता गलत कार्यले नेपालको खेलकुदलाई दिनप्रतिदिन धरासायी बनाउँदै लगको हाम्रो सामु स्पष्ट छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सम्वन्धित निकायले यो विषयमा छानविन गरि कारवाहिको दायरामा ल्याउन कर्मचारी संघ जोडदार माग गर्दछ ।’

राखेपका सदस्य सचिव नेपाली टिमको नेतृत्व गर्दै जापान उडेका छन् । नेपालबाट ४ खेलमा ५ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । तर प्रतियोगिताका लागि २६ जनाको जम्बो टोली जापान जादैछ । सोही सन्दर्भमा कर्मचारी संघले विज्ञप्ति निकाल्दै विरोध जनाएको हो ।

राखेपको कर्मचारी संघको नेतृत्वमा नयाँ सत्तारुढ दल कंग्रेस निकट कर्मचारी छन् । नयाँ सरकार बनेलगत्तै राखेप सदस्य सचिव नेतृत्वको टिमविरुद्ध कर्मचारी संघले विज्ञप्ति निकालेर विरोध जनाएको हो ।

 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments