काठमाडौं : पछिल्लो २४ घन्टामा १६ सय ३ जनामा कोरोना भाइरस संक्रमण (कोभिड-१९) पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा परीक्षण गराएका ८ हजार १३२ नमूनामा उक्त मात्रामा संक्रमण देखिएको हो। ४८ सय ७६ नमूनाको पीसीआर र ३२ सय ५६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको हो। जसमध्ये पीसीआरबाट
१ हजार ४२ जनामा र एन्टिजेन विधिबाट ५६१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घन्टामा २५ सय ५२ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार आइतबार कोरोनाबाट २७ जनाको मृत्यु भएको छ। यो सहित मृत्यु हुनेको संख्या ९ हजार २२५ पुगेको छ।
काठमाडौं उपत्यकामा भने ४६१जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणको जोखिम अझै कायम रहेकाले अनिवार्य रुपमा स्वास्थ्य मापदण्डका उपायाहरु अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

नेपालमाला
