रियो दी जेनेरियो : ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको क्वार्टरफाइनल खेलमा चिलीलाई हराउँदै ब्राजिलले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले निर्णायक गोल गरेकाद थिए । दोस्रो हाफको पहिलो मिनेटमा लुकासले गरेको गोल ब्राजिललाई सेमिफाइनल पु¥याउन पर्याप्त बन्यो ।
खेलको ५० औं मिनेटमा गाब्रियल जिसस रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा समेटिएको थियो । खेलको करिब ५० मिनेटको समय ब्राजिलले १० खेलाडीमा खेलेको थियो । ब्राजिलले सेमिफाइनलमा पेरुसँग खेल्नेछ ।
शनिबार भएको पहिलो क्वार्टरफाइनलको खेलमा पेरुसँग पराग्वे स्तब्ध बन्यो ।
निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा गरिएको थियो । जसमा पेरुले ४–३ ले बाजी मा¥यो ।
क्वार्टरफाइनलको अन्य खेलमा उरुग्वे र कोलम्बिया तथा अर्जेन्टिना र इक्वेडर भिड्नेछन् ।

नेपालमाला
