काठमाडौं : युवा बक्सर सुष्मा तामाङलाई पूर्व बक्सिङ खेलाडी सुदर्शन बुढाथोकीले आर्थिक सहयोग उपलब्ध गराएका छन् । हाल अमेरिकामा बस्दै आएका बुढाथोकीले सुष्मालाई २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् । सुष्मालाई शुक्रबार राष्ट्रिय टोलीका प्रशिक्षक दीपक महर्जनले सो रकम प्रदान गरेका थिए ।
सुष्माले गत बैशाखमा पोल्यान्डमा भएको आईबा वल्र्ड युथ बक्सिङ च्याम्पियनसिपमा सहभागी भएकी थिइन् । महिला ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले पहिलो खेलमा लिथुवानियाकी खेलाडीलाई पराजित गरेकी थिइन् । उनी दोस्रो खेलमा आयोजक पोल्यान्डकी खेलाडीसँग पराजित भएकी थिइन् ।
नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा उमेरहदका कारण सहभागी हुन नपाएकी सुष्माले २०७६ बैशाखमा प्रदेश ५ मा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् । सुष्माले नक्साल बक्सिङ क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी छन् ।
Previous Article
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत
Next Article

नेपालमाला
