काठमाडौं : सिन्धुपाल्चोकमा लगातार परेको वर्षाका कारण आएको बाढीले हेलम्बु, मेलम्चीलगायतका बजार जोखिममा पारेको छ ।
मंगलबार बेलुकातिरबाट परेको वर्षाका कारण मेलम्चीमा ठूलो बाढी आएको बताइएको छ । मेलम्ची नजिकै रहेको सशस्त्र प्रहरीको क्याम्प बगाएको छ । कैयौं हताहती भएको आशंका रहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । उनका अनुसार अहिलेसम्म केही बेपत्ता भएको आशंका गरिएको भए पनि पुष्टि हुन सकेको छैन ।
अहिले गाउँमा पानी पसेको छ । मानिसहरु सुरक्षित बासस्थानको खोजीमा छन् । करिब एकघण्टाभित्र आएको पानीले सिन्धुपाल्चोकमा वितन्डा मच्चाएको हो । अहिले त्यस क्षेत्रमा बत्ती गएको हुनाले उद्धारमा पनि समस्या भएको जनाइएको छ । बेपत्ता भएका भनिएकाहरु बाढी आएपछि माथितिर डाँडामा सरेको भए पनि अहिलेसम्म कोही पनि सम्पर्कमा नआएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

नेपालमाला
