लेष्टरलाई पहिलो पटक एफए कपको उपाधि

लन्डन : लेष्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा चेल्सीलाई १–० गोलले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो ।

क्लब स्थापनाको एक सय ३७ वर्षे इतिहासमा लेष्टरले पहिलो पटक एफए कपको उपाधि जितेको हो । यस अघि लेष्टर चार पटक फाइनलमा पराजित भएको थियो ।
वेम्बली स्टेडियममा लेष्टरलाई जित दिलाउन युरी टियलमेन्सले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा युरीले उत्कृष्ट गोल गरेका थिए । जुन गोल लेष्टरको जितमा पर्याप्त रह्यो ।

यस्तै खेलको ८९ औं मिनेटमा चेल्सीका बेल चिलवेलले गोल गरेका थिए । तर, भीएआर प्रविधिमा अफसाइड देखिँदा उनको गोलले मान्यता पाएन । हारसँगै चेल्सीको भने नवौं पटक उपाधि जित्ने सपना विफल भएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments