अक्सिजन व्यवस्थापनमा ‘मुम्बई मोडल’

काठमाडौं : कोरोनाको संकटका बीच अक्सिजनको व्यवस्थापनलाई लिएर बृहत् मुम्बई महानगरपालिकाको मुम्बई मोडलको भारतभरि प्रशंसा हुँदै आएको छ । तारिफ गर्नेमा सर्वोच्च अदालत समेत सामेल छ । यति मात्रै होइन, सर्वोच्चले दिल्ली लगायत अन्य राज्यलाई यो पनि निर्देश गरेको छ कि उनीहरुले पनि मुम्बई मोडल अपनाऊन् ।

कोरोना महामारीको दोस्रो लहरले भारतमा पनि ठूलो असर पारिरहेको छ । तर मुम्बई जस्तो ठूलो शहरमा यो भेरियन्टमा त्यति धेरै स्थिति नियन्त्रण बाहिर गएको छैन । जस्तो कि बाँकी भारत र विशेषगरी दिल्लीमा यस्तो देखिएको छ ।

अक्सिजन व्यवस्थापनमा मुम्बई मोडल

मुम्बई मोटललाई सम्झनको लागि हामी अघिल्लो वर्षको मुम्बईको अवस्थालाई हेर्न सक्छौं । पछिल्लो वर्ष मे–जुनको महिनामा कोरोना महामारी व्यापक रुपमा फैलिएको थियो । उक्त समयमा समेत अस्पतालमा अक्सिजनको माग अचानक बढेर गएको थियो ।

मुम्बई नगर निगम यानी बृहत् मुम्बई महानगरपालिकाको एडिस्नल कमिश्नर पी बेलारसुलाई अक्सिजनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी दिइएको थियो । उनी भन्छन् ‘अस्पतालमा अक्सिजनको जुन व्यवस्था हुन्छ । त्यो सामान्य आईसीयूको लागि हो । तर यो देखियो कि कोभिडको कारण अक्सिजनको माग दुई गुणा बढीहुन्छ ।’

बृहत् मुम्बई महानगरपालिकालाई एसियाको सबैभन्दा समृद्ध स्थानीय निकायको रुपमा मान्ने गरिन्छ । बीएमसीले १३ हजार लिटर स्टोरेज क्षमताको अक्सिजन प्लान्ट बनायो र माग बढी रहेको शहरमा ठूलो फिल्ड हस्पिटल बनाएर जम्बो कोभिड सेन्टर्स तयार पार्‍यो।

पी बेलासु भन्छन् ‘यस्तो २१ वटा अक्सिजन प्लान्ट तयार पारिएको थियो । यसबाट शहरमा अक्सिजनको आपूर्तिमा समस्या भएन। यदि अक्सिजनको ट्यांकर अस्पताल लैजानमा समस्या भयो भने पनि त्यहाँ अक्सिजनको आपूर्ति जारी रह्यो । मार्च २०२१ मा मुम्बई शहरमा कोरोनाबाट संक्रमित बिरामीहरुको संख्या बढ्न लाग्यो । जस्तोजस्तो बिरामीको संख्या बढ्यो त्यसरी नै अक्सिजनको माग पनि आकाशियो । महामारीको पहिलो लहरमा नै अक्सिजनको माग २०० देखि २१० मेट्रिक टन दैनिक पुगेको थियो । जुन दोस्रो लहरमा बढेर २८० मेट्रिक टन पुग्यो । यी अक्सिजन प्लान्टका कारण मुम्बईलाई ठूलो राहत मिल्यो ।

मुम्बईको अक्सिजन टिम

बिएमसीले महामारीको पहिलो लहरको अनुभवबाट केही सिकेको थियो । जस्तो कोरोनाको उपचारमा अक्सिजनको ठूलो भूमिका हुन्छ । अक्सिजनको माग, यसको जरुरत, यसको ढुवानी र समयमा पहुँचको ग्यारेन्टी भएन भने धेरैको ज्यान जान सक्छ भन्ने कुरा मुम्बईले राम्रोसँग सिकेको थियो ।

एडिश्नल कमिश्नर पी बेलारसु भन्छन् ‘अक्सिजनको ठीक व्यवस्थापनको लागि एक टीम गठन हुनु जरुरी थियो, त्यो भयो । फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनले ६ जना अधिकारीहरुलाई नियुक्ति दियो । उनीहरुको काम भनेको नै वार्डका अधिकारी र अक्सिजन उत्पादकहरुबीच समन्वय स्थापित गराउनु थियो । अस्पतालमा अक्सिजनको उपलब्धताबारे ध्यान दिनको लागि एक व्यक्तिलाई अलगै नियुक्ति दिइयो । वार्डमा अक्सिजन प्रवन्धनको लागि दुई अधिकारीलाई जिम्मेवारी दिइयो ।

यो टिमले राज्यको बाहिरबाट आउनेवाला अक्सिजन ट्यांकरमा लगातार ध्यान दिन्थे । पी बेलारसु भन्छन् ‘मैले यस कुरामा ध्यान राख्न लगाएँ कि यी ट्यांकरहरु कहिले आइपुग्छन्, कहाँ जाँदैछन् र कुन अस्पतालमा जानेवाला छ ? ‘अप्रिलको तेस्रो हप्तामा हामीलाई अस्पतालबाट अक्सिजनको लागि मद्दतको सन्देश पाउन थालिएको थियो । सप्लाई सेवालाई निरन्तरता दिनु थियो र त्यो पनि समयमा नै गर्नुपर्ने थियो । हामी अक्सिजन ट्यांकर ढिला गरी आउनुको जोखिम उठाउन सक्ने अवस्था थिएन ।’ बेलारसु बताउँछन् ।

मुम्बईमा ६ ठाउँमा अक्सिजन सिलिण्डर राखियो

अक्सिजनको माग अचानक बढेका कारण साना अस्पताललाई ज्यादा समस्या हुन लाग्यो । बीएमसीले ६ ठाउँमा २०० अक्सिजन सिलिण्डरको साथ गाडीहरु समेत खरिद गर्‍यो । त्यसपछि जब अक्सिजनको माग आउँछ त्यसपछि गाडीले अक्सिजन पुर्‍याउने काम गर्दथ्यो ।

पी बेलारसु बताउँछन् ‘सुरुमा हामी दिनको एक पटक अक्सिजन पठाउने गर्दथ्यौं । तर अहिले हामी हरेक १३–१४ घण्टामा अक्सिजन पठाउने गर्छौं । हामी एक दिनमा दुई पटक अक्सिजन पठाउने गर्छौं ।’

‘तेस्रो लहरको तयारी’
मुम्बईमा कोरोना भाइरसको समयसम्म एउटा पनि अक्सिजन बनाउने प्लान्ट थिएन । यसकारण मुम्बईमा आउने सबै अक्सिजनहरु शहरबाहिरबाट आउने गर्दथ्यो ।

तर अब बृहत् मुम्बई महानगरले महामारीको तेस्रो लहरको सामना गर्नको लागि समेत तयारी सुरु गरेको छ । जसको लागि उसले अक्सिजनको थप प्लान्ट लगाउने तयारी गरेको छ । बीएमएसीको योजना मुम्बईको १२ अस्पतालहरुमा १६ अक्सिजन प्लान्ट्स लगाउनको लागिएको हो । यसको अक्सिजन उत्पादनको क्षमता ४५ मेट्रिकटन हुने बताइएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments