काठमाडौं : पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १७ हजार ६२३ नमूनाको पीसीआर र ७८८ को एन्टिजेन परीक्षमा ९ हजार २७१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए। मन्त्रालयकाअनुसार सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ पुगेको छ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घणटामा थप १३९ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ।
आज देशभर ४२७ जना क्वारेन्टाइनमा छन्। यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ जना डिस्चार्ज भएका छन्।


नेपालमाला
