काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिनदिनै बढिरहेको छ । मंगलबार ५५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएकोमा बुधबार यो संख्या ५८ पुगेको छ । अर्थात पछिल्लो २४ घण्टामा कोरोनाबाट ५८ जनाको मृत्यु भएको छ ।
मृत्युसँगसँगै कोरोना संक्रमितको ग्राफ पनि निकै बढ्दो छ । पछिल्लो २४ घण्टामा ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार देशभर ७ हजार ६६० जना कोरोना संक्रमित थपिएका थिए। १६ हजार १३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५८७ र ५७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।
Previous Article

नेपालमाला
