काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५ सय ६१ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जनामा कोरोना संक्रमण भेटिएको हो।
बिहीबार मात्रै नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा उपत्यकाकासहित ४ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको छ। १२ हजार ९५७ पीसीआर र ९६३ एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ९२८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै बिहीबार थप ८८८ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ। मन्त्रालयका अनुसार ५९ जना ३४ हजार ११७ आइसोलेसनमामा छन्।

नेपालमाला
