यू–१९ पुरुष क्रिकेटसँग जोडियो वाई वाई

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत यू–१९ पुरुष क्रिकेट टोलीको सम्पूर्ण क्रिकेट सञ्चालनका लागि चौधरी ग्रुपको मुख्य उत्पादन वाई वाईले मुख्य प्रायोजन गर्ने भएको छ । क्यान र चौधरी ग्रुपबीच सोमबार पाँचवर्षे सम्झौता भएको छ । वाई वाईले विगत १६ वर्षदेखिको सहकार्यलाई पुनः निरन्तरता दिएको हो ।
नयाँ सम्झौतापत्रमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाना चौधरी र क्यान अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरे । सम्झौताअनुसार चौधरी ग्रुपले क्यानलाई वार्षिक ७० लाख रुपैयाँ प्रदान गर्नेछ । हरेक दुई वर्षमा १० प्रतिशत रकम वृद्धि हुने बताइएको छ ।
क्यानले यो रकम यू–१९ क्रिकेटको घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा लगानी गर्नेछ । सम्झौता कार्यक्रममा प्रबन्ध निर्देशक चौधरीले क्रिकेट विकासमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । क्यान अध्यक्ष चन्दले निजी संस्थाको सहयोगबिना नेपाली क्रिकेटको विकास सम्भव नहुने धारणा राखेका थिए ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments