चन्द्रागिरीमा टेबुलटेनिस दिवस

काठमाडौं : आईटीटीएफ फाउन्डेशन, जर्मनीले टेबुलटेनिसमार्फत ‘महिला सशक्तीकरण गर्ने’ मुुल नाराका साथ वल्र्ड टेबल टेनिस डे २०२१ विश्वभरि मनाइरहेको छ । यस कार्यक्रमलाई नेपालमा मनाउन आईटीटीएफ फाउन्डेसनले आईटीटीएफ मान्यता प्राप्त टेबुल टेनिसका लेवल–२ प्रशिक्षक तथा अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका नरेश रावललाई प्रमोटरको रूपमा चयन गरेको छ ।


सरोज टेबलटेनिस फर अल एकेडेमीेका संस्थापक र प्रशिक्षक समेत रहेका नरेशले चन्द्रागिरीस्थित भकण्डे चौर युुवा समाजमा कार्यक्रम आयोजना गरेका थिए । एकेडेमीले कार्यक्रममा सहभागी बच्चाहरूलाई टेबल टेनिस ब्याट, बल र टी–शर्ट वितरण गरेको थियो । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीलाई टेबुल टेनिस खेल्न पोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रशिक्षक नरेशले टेबुल टेनिसका विभिन्न अभ्यास, व्यायाम देखाउनका साथै सहभागीहरूसँग खेलेका थिए । टेबल टेनिसको माध्यमबाट महिला सशक्तिकरणको यस कार्यक्रममा छात्रा तथा महिलाहरूको ठूलो सहभागिता रहेको थियो । छात्राहरुमा टेबल टेनिसको रुची र आकर्षण बढाउन कार्यक्रम सफल रहेको प्रशिक्षक नरेशको विश्वास छ ।

कार्यक्रममा सहभागीहरुलाई सरोज टेबल टेनिस फर अल एकेडेमीेका अध्यक्ष सन्जु थापाले धन्यवाद ज्ञापन गरेका थिए ।

1.5 2 votes
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments