काठमाडौं : नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा नवौं राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप तथा पाँचौ राष्ट्रिय ¥याफ्टिङ च्यामिपयनसिप २०७८ बैशाख ७, ८ र ९ गते हुने भएको छ ।
कोरोना भाइरसको महामारीपछि खोला सम्बन्धी प्रतियोगिता तथा गतिविधिहरु सुस्ताइरहेको अवस्थामा नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सीज र हिमालयन रिभर गाइड एसोसिएसन तथा नेपाल ¥याफ्टिङ तथा क्यानोइङ संघको बैठकले सुस्ताएको खोलाहरुको खेल गतिविधिलाई अगाडि बढाउने निर्णय अनुसार च्याम्पियनसिप आयोजना गर्न लागिएको नेपाल ¥याफ्टिङ तथा क्यानोइङ संघका महासचिव सुदीप गौतमले जानकारी दिए ।
तीन दिने च्याम्पियनसिप त्रिशुली नदीमा आयोजना हुनेछ । जसका लागि आयोजकले टिम दर्ताका लागि आह्वान गरिसकेको छ ।
Previous Article
काठमाडौंमा एमाले नेपाल समूहको समानान्तर कमिटी
Next Article

नेपालमाला
