काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड -१९) बाट थप १५६ जनामा संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा उपचारत ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो। योसहित नेपाल कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ।
पछिल्लो २४ घन्टामा ४४ सय १६ वटा स्वाब परीक्षण गराउँदा १५६ जनामा संक्रमण देखिएको हो। योसहित संक्रमितको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा ७० जनाले स्वास्थ्य लाभ गरेका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ। निको हुने दर ९८.४ प्रतिशत हो।
यस्तै ५२ जना क्वारेन्टाइन र १२ सय ९९ जना आइसोलेसनमा छन्।
पछिल्ला दिनमा छिमेकी देश भारतमा कोरोना भाइरस सङ्क्रमण बढ्न थालेपछि नेपालमा यसको जोखिमबाट बच्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भीडभाड हुने काम नगर्न र जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।
मन्त्रालयले देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने काम नगर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न तथा साबुन पानीले हात धुन अनुरोध गरेको छ।शुक्रबारदेखि काठमाडौंका सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य गरिएको छ ।

नेपालमाला
