काठमाडौं : पाँचौं आइकेकेएफ नेपाल फुलकन्ट्याक्ट कराते राष्ट्रिय च्याम्पियनसिपलाई पूर्वकराते खेलाडी आरके श्रेष्ठ पहारीले प्रायोजन गरेका छन् । शुक्रबादरदेखि भक्तपुरको थिमीमा सुरु हुने च्याम्पियनसिपका लागि आरकेले एक लाख रुपैयाँ बराबरको प्रायोजन गरेका हुन् ।
नेपाल अन्तर्राष्ट्रिय क्योकुुसिनकाई कराते च्याम्पियनसिपको पाँचौं संस्करण थिमीमा शुक्रबार र शनिबार आयोजना हुँदै छ । जहाँ पूूर्व कराते खेलाडीसमेत रहेका आरकेले व्यक्तिगत ५० हजार र विभिन्न देशमा बस्दै आएका साथीहरुबाट संकलित थप ५० हजार गरी च्याम्पियनसिपमा एक लाख रुपैयाँ सहयोग गरेका हुन् । उनले यस च्याम्पियनसिपको पहिलो संस्करणदेखि आर्थिक सहयोग गर्दै आइरहेका छन् ।

उनले आफूू पनि एक खेलाडी भएकाले प्रतियोगिता सञ्चालन गर्न निकै अफ्ठ्यारो पर्ने महसुस गर्दै हरेक वर्ष आर्थिक सहयोग प्रदान गर्दै आएको बताए । ‘मार्सल आटर््समा एक समय हामी दक्षिण एसियाकै नम्बर एक थियौं । तर पछिल्लो समय हामी धेरै पछाडि परिसकेका छौं । यसको मुुख्य कारण नै यसप्रति राज्यको बेवास्ता र नीजि क्षेत्रबाट खासै सहयोग नहुनुु हो,’ पूर्वखेलाडी आरकेले भने, ‘यो परिस्थितीले गर्दा नयाँ खेलाडी उत्पादन, भएकालाई पनि प्रोत्साहन र संरक्षण हुन सकेको छैन । त्यसैले थोरै भए पनि च्याम्पियनसिप आयोजनामा सघाउँ पु¥याउनका लागि मैले सकेसम्म सहयोग गर्दै आइरहेको छुु ।’
उनले अमेरिकाका शशी खड्का, मकाउका राजेश आले र कोरियाका बिक्कुु लामाबाट १० हजार, मकाउकै राजुु अधिकारीबाट १५ हजार र मकाउमा बस्ने महेश महर्जनबाट पाँच हजार संकलन गरी प्रतियोगिता आयोजनामा सहयोग पुु¥याएको बताए । नेपाल अन्तर्राष्ट्रि क्योकुुसिनकाई करोतका उपाध्यक्षसमेत रहेका आरकेले यस अघि विभिन्न प्रतियोगिता आयोजनामा सघाउँ पुु¥याउँदै १२औं दक्षिण एसियाली खेलकुुद (साग) मा पदक विजेता बास्केटबलका पुरुष खेलाडीलाई पनि सम्मान गरेका थिए ।

नेपालमाला
