काठमाडौं : मालपोत कार्यालय लहानमा बम विष्फोट हुँदा घाइते भएका दिनेश भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
आइतबार दिउँसो पौने १ बजे मालपोत कार्यालयको दोस्रो तलामा बम विष्फोट हुँदा गम्भीर घाइते भएका भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । उनको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइराखेको छ ।
प्रेसर कुकर बम विष्फोटमा परेर मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित ८ जना घाइते भएका छन्।
घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पम्पलेट भेटिएको छ। त्यही समूहले विस्फोट गराएको हुन सक्ने इलाका प्रहरी कार्यालय लहानका डीएसपी डा. तपन दाहालले बताएका छन् ।

नेपालमाला
