विप्लव नवलपुरमा सार्वजनिक

काठमाडौं : सरकार र विप्लव समुहबीच विहिबार भएको तीन बुँदे सहमतिपछि शुक्रबार बिहानै नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपुरको देवचुली–१२ बाट सार्वजनिक भएका छन् । सशस्त्र आन्दोलन सुरु गरेको दुई वर्षपछि उनी सार्वजनिक भएका हुन्।
नवलपुरमा सार्वजनिक भएका उनले आज सार्वजनिक हुने कार्यक्रममा सहमित अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोहलाई दिउँसो २ बजे प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्नेछन् ।

सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ । उनी यो कार्यक्रममा सहभागी हुन सडक यातायातमार्फत काठमाडौं आउने बुझिएको छ । नवलपुरमा सहिद परिवारसँग भेटघाट गरी उनी काठमाडौ आउन लागेका छन् ।

केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ को मन्त्रिपरिषद निर्णयले विप्लव समूहलाई प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । सरकारले बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरिसकेको छ ।

सहमति अनुसार ‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई शुक्रबारसम्म हिरासतबाट रिहा गर्न गृहमन्त्रालयले निर्देशन पनि दिइसकेको छ । प्रमुख जिल्ला अधिकारीको आदेशमा म्याद थप गरिएका विप्लव समूहका १८ जना कार्यकर्ता प्रहरीको हिरासतमा रहेको बताइएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments